चितवन विशेष
मुना मदन–३ बोलको गीतमा अभिनय गरेर मोडलिङमा उदाए देवघाटका शर्मा

चितवन, वैशाख १४-
जनक विवश न्यौपाने र अनु चौधरीको आवाजमा रहेको गीत मुना मदन–३ सार्वजनिक भएको छ ।
मुना मदन, मुना मदन–२ ले सफलता पाएपछि गाएक न्यौपानेले मुना मदन–३ बजारमा ल्याएका हुन् ।
जनक विवश न्यौपाने युटुब च्यानलबाट मंगलबार बेलुका सो गीत सार्वजनिक गरिएको हो । न्यौपानेले मुना मदनबाट सफलता पाएपछि मुना मदन–२ र अहिले मुना मदन–३ बजारमा आएको छ । गीतमा प्रेम भाव तथा भिडियोमा प्रेम कथालाई उतारिएको छ ।
नेपाली मोडलिङ क्षेत्रमा अत्यन्तै योगदान पु¥याएका निर्देशक निशान एसके को निर्देशन रहेको मुना मदन–३ मा विकास (विकसित) शर्मा र पुजन घिमिरेले मोडलिङ गरेका छन् । सानै उमेरदेखि अभिनयमा रुचि राख्ने शर्माले मुना मदन ३ म्युजिक भिडियोबाट मोडलिङमा पाइला राखेका छन् । चितवन देवघाटमा घर भएका उनी अहिले भरतपुरको सप्तगण्डकी बहुमुखी क्यामपसमा आम सञ्चार तथा पत्रकारिता विषयमा बीए दोस्रो वर्षमा अध्ययन गर्छन् ।