देश/प्रदेश

पत्रकार महासंघको पूर्व सभापति मेयरको दौडमा

Banner

इलाम, १३ वैशाख-

नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् ।

पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए । उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>