Breaking News

भरतपुरमा मेयरका उम्मेदवार विजय सुवेदीले सुरु गरे घरदैलो, टोलटोलका मतदाता भेट्दै

Banner

चितवन, वैशाख १२-

भरतपुर महानगरमा मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् ।

सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् । आफ्ना बुबा र आमासँग आर्शिवाद लिएसँगै सुवेदी महानगरको विभिन्न क्षेत्रमा घरदैलोमा नै छन् ।

सुवेदी भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका छन् । बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रचारप्रसारमा जुटिरहेका छन् । एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ । बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.