देश/प्रदेश
चन्द्रगिरी नगरपालिकाले बाड्न लागेको साडी प्रहरीले गर्यो बरामद
०

काठमाडौँ, वैशाख १०–
चन्द्रगिरी नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेको छ।
प्रहरीले निर्वाचनको आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी बरामद गरेको हो ।
शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो ।
उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>