नवलपरासी

नवलपरासीमा कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष माओवादीमा प्रवेश

Banner

परासी,बैशाख ९ –

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रीदेवी कोहार नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन् । नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा चुनाव जितेकी कोहार शुक्रबार माओवादी केन्द्र प्रवेश गरेकी हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज घनश्याम यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्तालगायतका नेताले कोहारलाई पार्टीमा स्वागत गरेका थिए । माओवादीले कोहारलाई फेरि पनि पाल्हीनन्दनमा उपाध्यक्ष पदको उम्मेदवार बनाउने आश्वासन दिएपछि पार्टी प्रवेश गरेको माओवादीका एक नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>