बलिउड/हलिउड

रणवीरको जुत्ता लुकाए बापत सालीले मागे ११ करोड ५ लाख, रणवीरले दिए मात्र एक लाख

Banner

नयाँ दिल्ली, वैशाख ४-

बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टको विवाहमा बहिनी पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएर ११ करोड ५ लाख मागेका छन् ।
उनीहरूले अप्रिल १४ मा विवाह गरेका थिए र उनीहरुको विहेमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियो। उनीहरूको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको हो।

त्यस्तै हिन्दुस्तान टाइम्सका अनुसार विहेमा सालीहरुले जुत्ता लुकाएपछि रणवीरसँग ११ करोड ५ लाख भारतीय रुपैयाँ मागेकोमा रणवीरले मात्र एक लाख दिएका छन् । भट्ट परिवारले विवाहमा आउने पाहुनालाई काश्मिरी सल उपहार स्वरुप उपहार दिएका थिए। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>