चितवन विशेष
चितवनमा लागु औषधसहित एक पुरुष पक्राउ
०

चितवन,चैत २०-
चितवनमा प्रतिबन्धित लागु औषधसहित एक पुरुष पक्राउ परेका छन् । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ का ३८ वर्षीय ज्ञान बहादुर स्याङबोलाई पक्राउ गरेको हो । चितवनको राप्ती नगरपालिका ५ भण्डारामा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनलाई शनिबार १०ः३० बजे पक्राउ गरेको हो ।
उनको झोलाबाट डाईजेपाम एक सय एम्पुल, ब्युप्रिनर्फिन एक सय एम्पुल र फेनारगन एक सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>