चितवन विशेष

नारायणी टुडे पत्रिकाको २१ औँ वार्षिकोत्सवमा डा.पौडेल र पत्रकार अधिकारी सम्मानित

Banner

चितवन, चैत १९-

चितवनबाट प्रकाशन हुँदै आएको नारायणी टुडेको २१ औँ वार्षिकोत्सवका अवसरमा भरतपुर अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल र पत्रकार शान्ता अधिकारी सम्मानित भएका छन् ।

समाज परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेल र अधिकारीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गरेका हुन् । त्यस्तै, कार्यक्रममा नेकपा एमाले चितवन अध्यक्ष रामप्रसाद न्यैपानेले नारायणी टुडेलाई शुभकामना व्यक्त गदैँ पत्रकारिता जनताको बीचमा सूचना प्रदान गर्ने एक मुख्य पाटो रहेको बताए । उनले कार्यक्रममा नेकपा एमालेले सँधै पत्रकारिता जगतको सम्मान गर्ने बताउँदै सही ढंगले कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् ।

प्रेस काउन्सिल सदस्य ठाकुर बेलवासेले वीरेन्द्रमणि पौडेलको लगनशिलता आज सफल भएको बताए । उनले पत्रकारिता सँधै दुःख र आर्थिक अभाव रहने पेसा भएको बताउँदै हाल चितवनबाट ७०–८० प्रतिशत विज्ञापन राजधानी जाने गरेको बताए । अब नारायणी टुडेले शिक्षा तथा स्वास्थ्य पक्षलाई मात्र नभएर राजनीतिक तथा महिला आवाजलाई समेत उठाउनु पर्ने उनको धारणा छ ।

कार्यक्रममा चितवनकी समावसेवी मञ्जु खाँडका अनुसार पत्रकारिता एउटा समाज परिर्वतनको मुख्य माध्यम हो । समाजमा घट्ने कुनै पनि घटनासँग राजनीतिलाई जोड्न नहुने उनको भनाइ छ । नारायणी टुडेका प्रधान सम्पादक वीरेन्द्रमणि पौडेलले आज संस्था यहाँसम्म आउनुमा हजारौंको हात भएको बताए । त्यस्तै आगामी दिनमा पनि संस्थाले संस्थासँग जोडिएर काम गरेका सँग साथ र सहयोगको अपेक्षा गरेको उनको बताए । त्यस्तै नारायणी टुडेको वार्षिकोत्सव कार्यक्रममा विशिष्ठ अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र भूतपूर्वमन्त्री एवम् वाग्मती प्रदेश सांसद विजय सुवेदीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.