मनोरञ्जन
आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
०

काठमाडौं, चैत १७-
पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।
गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।
निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ, उनले भने, त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>