राशिफल

आज २०७८ साल चैत १६ गते बुधबार,यस्तो छ तपाईको राशिफल

Banner

चितवन,चैत १६-

मेषः आजको दिन भाग्यको उदय हुनेछ। गरेका कामबाट सन्तोष मिल्नेछ। व्यवसाय राम्रो हुनेछ। साथीहरुबाट भने जोगिएर काम गर्नुहोला।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा ठूलो सफलता मिल्नेछ। सभा समारोहमा तपाईंको स्थान उच्च रहनेछ। दाम्पत्य जीवन सुखमय नहुनसक्छ।

मिथुनः राम्रो कामको थालनी हुनसक्छ। शिक्षामा राम्रो हुनेछ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

कर्कटः शत्रु आफै परास्त हुनेछन्। आफूलाई लागेको कुरा प्रष्ट राखेमा केही फरक पर्दैन। ठूलो काममा हात नहाल्नु राम्रो हुनेछ। दाम्पत्य जीवन भने त्यत्ति राम्रो छैन।

सिंहः आजको दिन धेरै राम्रो छ। साथीभाइको साथले काम हुनेछ। प्रेममा सफलता मिल्नेछ। व्यावसाय फस्टाउने देखिन्छ।

कन्याः आटेका कामममा अगाडि बढ्दा सचेत हुनुहोला। दाम्पत्य जीवन सफल रहन्छ। पुराना कामहरु बन्नेछन्।

तुलाः राम्रो कामको थालनी हुनेछ। काममा बाधा हुने देखिदैन। स्वास्थ्य सामान्य रहने छ।

वृश्चिकः सन्तुष्टि मिल्नेछ। आफ्नै साथीबाट धोका हुने योग रहेको छ। प्रेममा धोका हुने देखिन्छ।

धनुः रिसले सताउने छ। तृतीय स्थानमा चन्द्रमा बसेकाले उन्नति प्रगति हुनेछ। काम गर्दा आजको दिन सचेत हुनुपर्ने देखिन्छ।

मकरः सम्पत्ति जुट्ने देखिन्छ। जुटेको सम्पत्ति जोगाउन भने धेरै मिहेनत गर्नुपर्ला। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

कुम्भः काममा बाधा विरोध देखिन्छ। आरोप लाग्नसक्छ। राम्रो कामको थालनी गर्दा डराउनुपर्ने अवस्था छैन।

मीनः आजको सबै राम्रो छ। सबै कुराले साथ दिएको देखिन्छ। समय अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>