चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जका सीसी क्यामरा समयमै मर्मत नहुँदा समस्या

Banner

प्रतिमा कुमाल,

चितवन, चैत १५-

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको सीसी क्यामरा पूर्णरुपमा प्रयोगमा आउन सकेको छैन । गैरकानुनी कार्यलाई रोक थाम गर्न जडान गरिएको क्यामरा समयमै मर्मत नहुदा प्रभावकारी बन्न नसकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका हुन् । निकुञ्जमा अहिले करिब ३० वटा सीसी क्यामरा रहेका छन् । जसमध्ये १५ वटा मात्र सञ्चालनमा रहेको निकुञ्जले जानकारी दिएको छ ।

जंगली जनावारका कारण तारसहितको क्यामरा हप्ता दिनमै बिग्रने गरेको उनले बताए । संरक्षणमा साझेदार संस्थाहरुको सहयोगमा सो क्यामरा जडान गरिएको हो । प्रोजेक्ट सिस्टम भएकाले मर्मत सम्भार नहुँदा समस्या देखिएको तिवारीले बताए ।

निकुञ्ज क्षेत्रमा सीसी क्यामरा जडानको जिम्मेवारी निकुञ्जले नै गर्नुपर्ने उनले बताएका छन् । वार्षिक प्रतिवेदनमा बजेट पार्नुपर्ने बताए । ‘यसो गरे प्रोजेक्टको आश गर्नु नपर्ने, जनावर पशुपन्छीको गतिविधि कार्यालयबाट देख्न सकिने, अनुगमन गर्न सजिलो र चोरी शिकारी गर्ने व्यक्तिहरुमा भय काम गर्ने,’ उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?