चितवन विशेष
भरतपुर महानगरमा १ लाख ८५ हजार मतदाता
०

चितवन,चैत १३-
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाबाट १ लाख ८५ हजार ७५२ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगकाअनुसार स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै मतदाता काठमाडौं महानगरमा रहेका छन् । भरतपुर महानगर तेस्रोमा छ ।
काठमाडौं महानगरपालिकाबाट ३ लाख २४२ मतदाताले मतदान गर्न पाउनेछन् । पोखरा महानगरमा २ लाख ७ हजार ७१२ मतदाता रहेका छन् । पोखरा दोस्रो धेरै मतदाता हुने स्थानीय तहमा परेको छ ।
त्यस्तै स्थानीय तहमध्ये मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन् । जहाँ ४४८ मतदाता रहेका छन् । त्यस्तै थोरै मतदाता रहेको स्थानीय तहमा मनाङको चामे गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिका रहेको छ । चामेमा ७११ र छार्कामा ९६७ मतदाता रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>