Breaking News

आदिवासी जनजाति महासङ्घमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार विजयी

Banner

नवलपुर,चैत ११-

आदिवासी जनजाति महासङ्घको केन्द्रीय अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित हुनुभएको छ । नवलपुरको कावासोतीमा गएराति सम्पन्न चुुनावमा सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । शेर्पाले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गर्नुभएको छ । महासचिवमा सुखवीर थामीलाई हराउँदै दिवश राई निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा एमाले र कांग्रेसको गठबन्धन बनेको थियो । अध्यक्ष कांग्रेस समर्थक र महासचिव एमाले समर्थक रहनुभएको छ । एमाले, कांग्रेस एकातिर र माओवादी, सङ्घीय समाजवादी अर्कोतिर गरी गठबन्धन बनेको थियो ।

पदाधिकारीका अन्य १९ पदमा समेत एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भीर सिं गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल रहनु भएको छ ।

उपमहासचिवमा रामकृष्ण लामा ब्लोन, सचिव खुल्लामा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, महिला सचिवमा ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा विमल सारु मगर र सहकोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे निर्वाचित हुनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको दशौँ राष्ट्रिय महाधिवेशन बुधवारदेखि कावासोतीमा सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>