चितवन विशेष

पश्चिम चितवनका विभिन्न क्षेत्रमा भोली पाँच घण्टा विद्युत अबरुद्ध हुने

Banner

चितवन,चैत १०-

पश्चिम चितवनका विभिन्न क्षेत्रमा भोली (शुक्रबार) विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण चनौली वितरणकेन्द्रका अनुसार मघौली फिडर अन्तर्गतको चनौली बजार क्षेत्रमा ११ केभी लाइन अबग्रेड गर्नुपर्ने भएकाले विद्युत अबरुद्ध हुन लागेको हो ।

विहान ६ बजेदेखि ११ बजेसम्म भरतपुर महानगपालिकाको चनौली बजार,ज्योतिनगर,खत्रौली,पर्साढाप,खयरघारी,तेलौली,जितपुर गोलाघाट र शोसी आसपासका क्षेत्रमा विद्युत अबरुद्ध हुने केन्द्रले जनाएको छ । यसका कारण हुने असुविधाप्रति प्राधिकरण चनौली वितरण केन्द्र क्षमाप्राथी रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।
साथै वितरण केन्द्रले निर्धारित समयभन्दा अवागै मर्मतको काम सम्पन्न भएमा सो समय अघिनै लाइन नियमित हुने समेत जानकारी गराएको छ ।

सो लाइन अपग्रेड गर्दा वितरणकेन्द्रको पोल प्रयोग गर्ने टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकहरुले आ–आफ्नो तारहरु यथासिघ्र व्यवस्थापन गर्न अुनरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.