चितवन विशेष

नेविसंघ वीरेन्द्रमा जोशीको नेतृत्व

Banner

चितवन, चैत १०–

नेपाल विद्यार्थी संघ (नेविसंघ) वीरेन्द्र बहुमुखी क्याम्पसले नयाँ नेतृत्व चयन गरेको छ ।

वृहत विद्यार्थी भेलाबाट कुमार जोशीको नेतृत्वमा कमिटी चयन गरिएको हो । इकाइलाई पूर्णतादिने लक्ष्यका साथ जोशीको सभापतित्वमा कमिटी चयन गरिएको हो । इकाईको उपसभापतिमा अमृत अमगाइ र सुवास पौडेल, सचिवमा आयुस पौडेल र ज्ञानप्रसाद पराजुली चयन भएका छन् । भेलाबाट कोषाध्यक्षमा विन्दु कोइराला चयन भएकी छन् ।

बाँकी सदस्य केही दिनपछि पूर्णता दिइने सभापति जोशीले बताए ।
भेलाको प्रमुख अतिथि रविन खतिवडा रहेका थिए । कार्याक्रममा सन्देश सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निवर्तमान उपाध्यक्ष टिकानिधी ज्ञवाली, रमेश कोइरालालगायतको उपपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>