समाचार

त्रिभुवन विमानस्थलमा समस्याः फोन गरेर निर्धारित समयमा विमानस्थल जान सर्वसाधरणलाई अनुरोध

Banner

काठमाडौँ, चैत १०-

त्रिभुवन विमानस्थलका वायुसेवा कम्पनीहरूले जहाज उडानमा प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा विमानस्थल जान अनुरोध गरेका छ ।

सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेको हो । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न उडान रद्द भएका थिए ।

यति एयरलाइन्सको फोन नं ०१-५९७००७४ बाट र बुद्ध एयरको उडान सम्बन्धी सबै जानकारी एपबाट लिन सकिन्छ । त्यस्तै एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ र अन्य उडानहरू डिले भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>