चितवन विशेष

भरतपुरका १७ घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण

Banner

चितवन,चैत ९-

भरतपुर महानगरपालिकाका १७ घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण गरिएको छ । आज भरतपुर महानगरपालिका २२ का विपन्न १७ घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण गरिएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहका अनुसार पहिलो चरणमा १७ जनालाई मिटरबक्स वितरण गरिएको र बाँकी क्रमशः वितरण गरिनेछ ।

विपन्नवर्गका समुदायको पहिचान गरी वडा कार्यालयको सिफारिसका आधारमा उनिहरुलाई मिटरबक्स वितरण गरिएको सिंहले बताउनुभयो । मिटरबक्स प्राप्त गरेपछि स्थानीय खुसी भएका थिए । सो अवसरमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, भूमी आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीना,वडाअध्यक्ष विष्णुराज महत्तो लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै मेयर दाहालले विकास निर्माणसंगै जनताका आधारभूत आवश्यकता पुरा गर्ने अभियान महानगर केन्द्रित रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.