चितवन विशेष

चितवनकी पत्रकार मनिका विश्वकर्मालाई सञ्चारिका प्रोत्साहन पुरस्कार

Banner

चितवन, चैत ८-

चितवनकी पत्रकार मनिका विश्वकर्माले सञ्चारिका प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छन् ।

सञ्चारिका समूहले आज प्रेषित गरेको विज्ञप्ति मार्फत् सो जानकारी गराएको हो ।

पत्रकार महासंघ चितवनको साधारण सदस्य रहेकी उनले चितवनको एटुजेड अनलाइनबाट पत्रकारिता सुरु गरेर नारायणी अनलाइनमा काम गरेकी थिइन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार र पत्रकारिता विषय लिएर बीए तेस्रो वर्षमा अध्ययनरत उनी अहिले सेतोपाटीमा कार्यरत छन् ।

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६ बाट विश्वकर्माएसहित नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल (मिनु) लाई प्रदान गर्ने निर्णय गरिएको सञ्चारिका समूहले जनाएको छ । यसको साथै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ पत्रकारद्घय गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इकागज डट कममा कार्यरत सृजना खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको जनाइएको छ ।

त्यसैगरी सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार–२०७७’ कान्तिपुरमा प्रकाशित ‘अस्पताल नपुगी ज्यान गुमाउँछन गर्भवती र सुत्केरी’ फिचरका लागि पत्रकारद्घय फातिमा बानु र विद्या राईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । उक्त फिचर २०७७ भदौ ८ गतेको कान्तिपुरमा प्रकाशित भएको थियो । सञ्चारिका समानता पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरी छनौट गरिएका फिचरहरु उपलब्ध गराइएको सञ्चारिका समूहले जनाएको छ । छनौट समितिले समाचार\लेख\फिचरको शैली, विषयवस्तु, सन्देश, लैंगिक संवेदनशिलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । पुरस्कारका लागि छनौट भएका समाचार÷लेख÷फिचरमा सञ्चारिका समूहको अनलाइन पत्रिका ‘महिला खबर डट कम’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको समाचार÷लेख÷फिचर समावेश नगराइएको विज्ञप्तिमा उल्लेख छ साथै छनौट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनौट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत नखुलाइएको जनाइएको छ । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाइन खबर दैनिकमा कार्यरत छन् । यसैगरि ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार हिरा परियारलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत छन् । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि सात हजार १११ रहेको छ ।

‘सञ्चारिका समानता पुरस्कार २०७६’ नयाँ पत्रिकामा २०७६ फागुन २५ गते प्रकाशित ‘महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम’ फिचरका लागि पत्रकार मुना कुँवरलाई प्रदान गर्ने निर्णय भएको थियो । गत वर्ष र यस वर्ष घोषणा भएका सबै पुरस्कारहरु यहि चैत ११ गते शुक्रबारका दिन प्रदान गरिने सञ्चारिका समूहले विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>