Breaking News
अघि बढ्यो एमसिसी, सबस्टेशन बनाउन अधिग्रहण गरेको जग्गा खाली गर्न सूचना
०

काठमाडौं, चैत ८-
एमसिसी परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ। मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।
आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब(स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ।
‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब(स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>