राजनीति
पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै
०

काठमाडौं, चैत ८-
पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।
मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो।