राजनीति
नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु
०

काठमाडौं, चैत ७-
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार बैठकमा समसामयिक राजनीतिको विषयमा छलफल हुने भएको हो ।
निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।