चितवन विशेष
राप्रपा कालिका नगरपालिकाको अध्यक्षमा खड्का र सचिवमा श्रेष्ठ चयन
०

चितवन, चैत ६-
राष्ट्रिय प्रजातन्त्र पार्टी कालिका नगरपालिकाको अध्यक्षमा सोमबहादुर खड्का र सचिवमा गणेश श्रेष्ठ चयन भएका छन् ।
आज राप्रपा जिल्ला कार्यसमितिको बैठकले खड्का र श्रेष्ठलाई चयन गरेको हो । खड्का एमालेबाट राप्रपा प्रवेश गरेका व्यक्ति हुन् भने श्रेष्ठ पनि नेपाली कांग्रेसको भातृसंगठनबाट राप्रपा प्रवेश गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर सबै स्थानीय तहमा संगठन निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिकाका सचिव सुलभ सिग्देलले नारायणी अनलाइनलाई जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>