Breaking News

चिकित्सक माथि हातपात तथा आक्रमण गर्नेलाई जेल हाल्ने गरी कानुन बनाउन चिकित्सकहरुको माग

Banner

पूजा ढकाल

चितवन, चैत ५-

प्रजातन्त्रवादी चिकित्सक संघ नेपाल बागमती प्रदेशको नयाँ कार्यसमितिको पदस्थापना भएको छ ।

१५ वर्षदेखि स्त्री तथा प्रसुति रोगमा सक्रिय भएर मनमोहन हस्पिटलमा कामगर्दै आएका डा.मनोर दिन सैयदको अध्यक्षतामा नयाँ कार्यसमितिले पदस्थापना गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा डा सुशिलअधिकारी, महासचिव प्रविणबहादुर बस्नेत, सचिव बसन्त शर्मा र अञ्जन सिंह कार्की, कोषाध्यक्ष गोविन्द कँडेल, सहकोषाध्यक्षमा रोशिना थापा गरी ३५ सदस्यको कार्यसमितिले पदस्थापना गरेका छन् ।

त्यस्तै कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष सैयदले डाक्टरको पेसागत हकहितको लागि संगठन कहिलै पछि नहट्ने बताए । उनी भन्छन्, ‘हाल देशमा डाक्टरको लागि राम्रो छैन र पहिलेको तुलनामा अहिले देशमा डाक्टरको संख्या समेत बढेको छैन । ’ उनले स्वास्थ्यकर्मी तथा डाक्टरहरु स्वास्थ्य क्षेत्रमै सुरक्षित नभएको बताउँदै सरकारले हातपात गर्ने, आक्रमण गर्ने व्यक्तिलाई जेल राख्ने कानुन बनाउन ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै कार्याक्रममा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले कांग्रेसले सर्वप्रथम स्वास्थ्य क्षेत्रलाई मुख्य क्षेत्र मान्न आवश्यक रहेको बताए । बिरामी आस्था र विश्वासले अस्पताल आउने तर अस्पताल भित्रै चिकित्सकमाथि हुने आक्रमण रोक्न देशमा कडा कानुन ल्याउनु पर्ने उनको माग छ । चिकित्सकलाई समस्या परे संगठनले सहयोग तथा चिकित्सकको दरबन्दी बढाएर अस्पतालहरुको सेवालाई विस्तार गर्दै डाक्टरको समस्या सबै पार्टीले सुन्नुपर्ने उनको माग छ ।

कार्यक्रममा नेपाल चिकित्सक संघ नेपालका केन्द्रीय अध्यक्ष त्रिलोचन कार्कीले चिकित्सकले मुख्य समस्या देशमा रोजगारी नपाउनु र शान्ति सुरक्षा नहुनु हो । आज देशमा राम्रो राजगारीको अवसर नभएकै कारण चिकित्सक विदेशिन बाध्य भएको उनको भनाइ छ । जसको कारण नेपालमा डाक्टरको अभाव भएको उनले विचार राखे । चिकित्सा क्षेत्रको हक तथा अधिकारहरु स्थापित गर्नका लागि देशमा विसं २०६६ सालमा प्रजातन्त्रवादी चिकित्सक संघ स्थापना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>