Breaking News

भरतपुरमा आर्मीको ट्रकले स्कूटरलाई ठक्कर दियो,दुई महिला घाइते

Banner

चितवन,चैत ५-

चितवनमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा दुई महिला घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भिर छ । भरतपुर महानगरपालिका १० बाइपास रोड स्थित मालपोत चोकमा केन्द्रिय बसपार्कबाट आँपटारी तर्फ जाँदै गरेको लु १ ग २६८ नम्बरको नेपाली सेनाको सामान बोकेको ट्रकले भित्र सडकखण्डबाट भरतपुर अस्पतालतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-०१ प १४१८ नम्बरको स्कूटरलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट भरतपुर ११ बस्ने ३४ बर्षिय पुनम श्रेष्ठ र ४५ बर्षिय हेमा श्रेष्ठ घाइते भएकी छन् । उनिहरु मध्ये एक जनाको चितवन मेडिकल कलेज र अर्का एक जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत घाइतेको अवस्था गम्भिर छ । ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.