Breaking News

माडीमा धन्सारमा आगलागी, ६० लाख बराबरको क्षति

Banner

चितवन, चैत ४–

चितवनको माडी नगरपालिका–४, खैरहनीनस्थित माधव लामिछानेको धन्सारमा आगगाली भएको छ । आज विहान करिव ४ः३० बजेको समयमा लागेको आगो अस्थायी प्रहरी पोष्ट खैरहनी र ईलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा विहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट धन्सार र नजिकै रहेको २ वटा कुखुराको फर्ममा क्षति पुगेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने करिव ६० लाख रुपैयाँ बराबरको अन्य क्षति भएको प्रहरीले जनाएको छ ।

क्षति भएका सामग्रीहरुः

१. धन्सारमा रहेको ७० धान, तोरी ५ क्विन्टल, गँहु २ क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज थान– १, टि.भि. थान–१, डिजिटल मेसिन थान–१, सोलार प्यानल थान–३, ब्याट्री थान–३, ईन्भटर थान–१ लगायत ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत ।

२. कुखुराको फर्ममा रहेको तयारी कुखुरा १२०० वटा र चल्ला १००० वटा पूर्ण रुपमा जलि नष्ट भएको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.