Breaking News

माओवादी केन्द्र चितवनको इन्चार्जमा दाहाल र संयोजकमा अधिकारीलाई जिम्मेवारी

Banner

चितवन, चैत ३-

सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाल र माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।

माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

भरतपुर नगरपालिकाकी मेयरसमेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्वविद्यार्थी नेता हुन् । उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए । यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए । माओवादीका नेता तथा कार्यकर्ताले रेनु दाहाललाई फेरि भरतपुर महानगरको मेयरमा उठ्नुपर्ने माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?