देश/प्रदेश
झापामा र सिरहामा दुई जना किशोरी बलात्कृत
०

काठमाडौं, फागुन २०-
झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका–२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ ।
खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>