जोडिनुहोस

Banner

चितवन,माघ १३-

चितवनमा अबैध नेटवर्किङ गरिरहेको अवस्थामा पक्राउ परेका तीनजना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । गत मंसिर १७ गते सिजी ल्यान्डमार्क होटलमा नेटवर्किङ बिजनेशसम्बन्धी सेमिनार गरिरहँदा उनिहरु पक्राउ परेका थिए ।

भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरे, भारतीय नागरिक राज्स्थान शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र अर्का भारतीय नागरिक हरियाणा गुडगाउँ कोलारस घर भएका ३४ वर्षीय अंकित शर्मालाई कारागार चलान गरिएको हो ।

उनीहरु माथि नेटवर्किङ ठगीको कसुरमा मुद्दा चलाइएकोमा अनुसन्धान पछि संगठित रुपमा नेटवर्किङ गरी ठगी गरेको कसुरमा अभियोग पत्र दायर भएको थियो । बिहीबार चितवन जिल्ला अदालतले थुनछेक बहसमा  तीनैजनालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.