जोडिनुहोस

Banner

चितवन,माघ १०-

मेष (चु चे चो ला लि लु ले लो अ)

वैदेशिक यात्राको योग बन्नेछ। धार्मिक कार्यक्रममा सरिक भइएला। विद्यार्थीका लागि दिन शुभ रहेको छ।

बृष (इ उ ए ओ वा वी वु वे वो)

प्राकृतिक भ्रमणले उत्साह छाउनेछ। पारिवारिक साथ सहयोग प्राप्त होला। लामो दूरीको यात्रामा कठिनाई आउला।

मिथुन (का कि कु घ ङ छ के को हा)

असहज काम सुल्झिएर जानेछन्। अनावश्यक कार्यमा समय बित्नेछ। कृषिप्रति आकर्षित भइएला।

कर्कट(ही हु हे हो डा डि डु डे डो)

अरूको सेवामा समर्पित भइएला। परीक्षामा राम्रो नतिजा हात पर्नेछ। प्रतिस्पर्धात्मक कार्यमा सफल भइएला।

सिंह (मा मि मू मे मो टा टी टु टें)

सन्तानका लागि समय खर्चनुपर्नेछ। नयाँ लगानीका बाटा खुल्नेछन्। परिवारमा अपहेलित बनिनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

मनमा प्रसन्नता छाउनेछ। विवादित मुद्दामा सफलता प्राप्त होला। वित्तीय कारोबार असहज बन्न जानेछ।

तुला (र री रु रे रो ता ती तू ते)

सेयरसम्बन्धी कारोबारमा चिन्तित बनिएला। मान सम्मान प्राप्तिको योग बन्नेछ। देवीय प्रकोप टरेर जानेछ।

बृश्चिक (तो ना नी नू ने नो या यि यु)

सही समयमा महत्वपूर्ण काम बन्नेछ। आर्थिक कारोबारमा गिरावट आउनेछ। गृह निर्माणमा बाधा उत्पन्न होला।

धनु (ये यो भ भि भु ध फा ढ भे)

अप्रिय वचनले कार्यमा बाधा निम्तिनेछ। घरमा मांगलिक कार्य आयोजित हुनेछ। सन्तान सुख प्राप्त होला।

मकर (भो ज जि खि खु खे खो गा गि)

धन–जनको क्षतिले चिन्तित बनिएला। अरूको नकारात्मक कुराले प्रेममा समस्या आउनेछ। साथी संगति कम गर्नुपर्नेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

शारीरिक समस्याबाट छुटकारा मिल्नेछ। नयाँ व्यवसायले मनमा प्रसन्नता छाउला।

मीन (दि दू थ भ ञ दे दो चा ची)

सामाजिक कार्यमा सहभागी बनिएला। व्यक्तिगत लगानीमा केही समस्या आउला। सन्तान सुख प्राप्त होला।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.