जोडिनुहोस

Banner

काठमाडौं, माघ ९-

कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको केन्द्र समिति बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराएका छन् ।

सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डले भनेका छन् । यसअघि २५ र ८ माघका लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो ।

आगामी स्थानीय तहदेखि प्रतिनिसभा सदस्य निर्वाचनको विषयमा पनि बैठकमा छलफल गर्ने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.