जोडिनुहोस

Banner

काठमाडौं,  माघ ९-

एमालेले पार्टी अध्यक्ष केपी ओली कोरोना संक्रमित भएको जानकारी गराउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । तर, ओली पत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण नभएको स्पष्ट पारेको छ ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भए पनि पत्नी शाक्यलाई भने कोरोना संक्रमण नभएको जनाउँदै अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं,’ रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.