जोडिनुहोस

Banner

चितवन, माघ ९–

माडी नगरापालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै नगरपालिकाले आज (आइतबार)देखि माघ १४ गतेसम्म अतिआवश्यक बाहेकका सेवा बन्द गरेको जनाएको हो । आज निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज खनालद्धारा सूचनामा दैनिक अतिवाश्यक कामहरु निरन्तर रहने अन्य सेवाहरु तत्कालाई बन्द गरिएको उल्लेख छ ।

कोरोना भाइरसको तेस्रो लहर नगरपालिकाको विभिन्न क्षेत्रमा तीब्र रुपमा फैलिएको र नगरापालिकाको कार्यालय भित्र कार्यरत कर्मचारीहरु पनि संक्रमित भएकाले संक्रमण रोकथामका लागि अत्यावश्इक बाहेकका अन्य सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

दैनिक जीवनका लागि अत्यावश्यक सेवा तथा विकास निर्माणका कार्यक्रमहरु नियमित रुपमा जनस्वाथ्यका मापदण्ड अपनाई सेवा दिइने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.