जोडिनुहोस

Banner

चितवन,माघ ८-

ए टू जेड मोवाइल हाउस नारायणगढबाट मोवाइल खरिद गरेका एक व्यक्तिले स्कुटर उपहार पाएका छन् । गत भदौ महिनामा मोवाइल खरिद गरेका भरतपुर १५ का निशान रसाइलीले यमाहाको फ्यासिनो स्कुटर उपहार स्वरुप पाएका हुन् । मोवाइल खरिदकर्ताहरुवीच गरिएको बम्पर उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत रसाइलीले स्कुटर जित्न सफल भएका हुन् । ए टू जेड मोवाइल हाउस इन्द्रदेव रोडकी शाखा प्रमुख मीना न्यौपानेले शनिबार विजेतालाई स्कुटर हस्तान्तरण गरिन् । अनलाइन कक्षा पढ्नका लागि मोवाइल किनेको र उपहार योजनामा विजेता वन्दा खुशी लागेको निशानले बताए ।

साथै लक्की ड्रमाफर्त गोरखाका मधु गुरुङले सुनको औंठी जितेका छन् । आफ्ना ग्राहकहरुमाझ एटूजेड मोवाइल हाउसले विभिन्न अवसरहरुमा उपहार योजना ल्याउने गरेको छ । ए टू जेड मोवाइल हाउसको पहिलो शाखा नारायणगढमा इन्द्रदेव रोडमा, दोस्रो शाखा लायन्सचोकस्थित के एल मलमा, तेस्रो शाखा टाँडी र चौथो शाखा कावासोतीमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.