जोडिनुहोस

Banner

चितवन,माघ ७-

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड- १९ बाट संक्रमित भएका छन् । अस्पतालमा ५ डाक्टर र ८० जना नर्समा कोभिड- १९ संक्रमण पुष्टि भएको छ ।

‘अस्पतालका ५ चिकित्सक, ८० नर्ससहित पारामेडिक्स, प्रशासन र कार्यलय सहयोगी गरी १ सय ५० जना कोभिड-१९ संक्रमित हुनुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले भने, ‘ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।’ कोभिड-१९ को तेस्रो लहरमा अन्य अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.