जोडिनुहोस

Banner

देवघाट, माघ १-

रेडियो देवघाटको ११ औं वार्षिकोत्सवमा विज्ञापनदाताहरुलाई सम्मान गरिएको छ ।

रेडियो परिसरमा आज आयोजित कार्यक्रममा मौलाकालिका अस्पताल, निको बाल अस्पताल भरतपुर, अनमोल फिड्स प्रालि,वैदिक आर्युेवेदिक सेवा प्रालि. नारायणगढ र जय सन्तोषी मा सुनचाँदी पसल नारायणगढलाई सम्मान गरिएको हो ।

साथै रेडियो देवघाटको एघारौं वार्षिकोत्सवमा कर्मचारीलाई नगदसहित सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताए । साथै अन्तर निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई नगद र स्टेशनरी सहित सम्मान गरिएको छ ।
समापन कार्यक्रममा देवघाट गाँउपालिका अध्यक्ष दुर्गबहादुर थापाले देवघाट रहेको एकमात्र रेडियो देवघाटलाई सञ्चार क्षेत्रको गहनाको रुपमा लिएको बताए । रेडियो देवघाटले सञ्चार क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

यसैगरी देवघाट गाँउपालिका प्रवक्ता एवम् देवघाट गाँउपालिका ५ वडाअध्यक्ष यालबहादुर गुरुङले रेडियो देवघाटले देवघाट गाउँपालिकाले गरेका सबै कार्यहरु जनतामाझ पु–याउन सहयोग गर्नुपर्ने बताए । रेडियो सहज र सबैको घरघरमा पुग्ने भएकोले रेडियो सबैको साझा बनाउन आग्रह समेत गरे । कार्यक्रममा नेकपा (एमाले) देवघाट गाउँकमिटी अध्यक्ष केशवचन्द्र न्यौपाने, नेपाली काग्रेस देवघाट उपसभापति पुरुषोत्तम शर्मा पण्डित, नेकपा(माओवादी) केन्द्र देवघाट कमिटी अध्यक्ष भुवनसिं गुरुङलगायतले शुभकामना मन्त्वय राखेका थिए । रेडियोका कोषाध्यक्ष श्रृजना बसौला देवकोटाले स्वागत मन्त्वय राखेको कार्यक्रममा रेडियोका महासचिव निरञ्जन हाडा, बजार ब्यवस्थापक गोपालचन्द्र न्यौपाने, कार्यक्रम संयोजक विकास पाण्डे, प्राविधिक भिमबहादुर थापा, आकाश मगर, खड्कबहादुर बाचेको सहभागिता रहेको थियो । रेडियोका अध्यक्ष विजयराज शर्मा भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछानेले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *