चितवन विशेष

अस्ताए भरतपुरको नारायणी नमुना माविका अग्रज शिक्षक मरहठ्ठा

Banner

चितवन, माघ १-

भरतपुरको नारायणी नमुना माविका नेपाली शिक्षक बलराम मरहठ्ठाको आज निधन भएको छ ।

२०५२ सालदेखि विद्यालयमा नेपाली र सामाजिक विषय पढाउँदै आएका मरहठ्ठाको क्यान्सरको कारणले निधन भएको हो ।

गोरखाको आँपिपलमा जन्मिएर भरतपुर महानगरपालिका–१२ निवासी मरहठ्ठा दृष्टिबिहिन शिक्षक थिए । उनले २०५२ सालदेखि नारायणी नमुना माविमा पढाउँदै आएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

पूर्वविद्यार्थी विनय आचार्यका अनुसार दृष्टिविहीन भएर पनि स्वर्गीय मरहठ्ठामा असाधारण प्रतिभा रहेको थियो । उनले भने, ‘ मरहट्टा सरले आँखा नदेख्दा पनि पुरै देखेँ जस्तै गरी पढाउँनुहुन्थ्यो । कक्षामा एकदमै राम्रोसँग बुझाएर पढाउँनु हुन्थ्यो । विद्यार्थीहरुको लागि प्रेरणाको स्रोत नै हुनुहुन्थ्यो ।’ उनलाई चिन्ने शिक्षकहरु जन्मदै आँखाको दृष्टि गुमाएता पनि निकै संघर्षका साथ हरेक पढाइमा अव्वल हुदै मावि तहको स्थायीमा नाम निकाली पढाउँदै आएको स्मरण गर्छन् । ५० वर्षीय स्वर्गीय मरहठ्ठाको श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>