जोडिनुहोस

Banner

चितवन, माघ १-

चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार आज ३४४ जनाको पिसियार र १६ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाका १२०, खौरहनी नगरपालिकाका तीन, माडी नगरपालिकाका दुई, रत्ननगर नगरपालिकाका चार, राप्ती नगरपालिकाका एक, कालिका नगरपालिकाका दुई र इच्छाकामना गाउँपालिकाका तीन गरी १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज १३५ जनामा कारोना संक्रमण पुष्टि भएसँगै चितवनमा संक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ । जसमध्य विभिन्न अस्पतालका आइसोलेसनमा १८ र घरको आईसोलेसनमा ५७७ रहेका छन् ।

त्यस्तै हाल सम्म चितवनमा कोरोना संक्रमणबाट ४३७ ले ज्यान गुमाएका छन् भने २६ हजार ७९२ संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *