जोडिनुहोस

Banner

चितवन, माघ १ –
भरतपुर अस्पतालले सामान्य र पछि चेक गराउँदा पनि हुने प्रकृतिका बिरामीहरुलाई अस्पताल नआउन आग्रह गरेका छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

अस्पतालमा पुस २९ गते १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा अर्थात ५५ प्रतिशत संक्रमण देखिएको थियो । पुस ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा कोभिड पुष्टि भएको बताउँदै प्राडा पौडेलले यो संक्रमणको उच्च प्रकोप भएको जनाएका छन् ।

काठमाडौंको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्स र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमण भएको तथ्याङ्कले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने संभावना बढ्दै गएको विज्ञप्तिमा जनाइएको छ ।

जनस्वास्थयका मापदण्ड अनिवार्य पालना गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि अस्पतालको अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *