देश/प्रदेश

माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोक्ने विश्वविद्यालयको निर्णय

Banner

काठमाडौँ, माघ १-

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सबै विभाग र आंगिक क्याम्पसलाई हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म विद्यालयले विदा गर्न आग्रह गरेको छ  ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने भनिएको छ ।

यदि विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचार संक्रमित भए १० दिन विदा पाउने र उनले काम गर्ने शाखा ३ दिन बन्द हुने सूचनामा उल्लेख गरीएको छ ।

त्यस्तै माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी सकिने सञ्चालन भए भौतीक उपस्थिति र अनलाइन माध्यमबाट पठन पाठन गराउने भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>