जोडिनुहोस

Banner

चितवन, पुस ३०-

कालिका पावर कम्पनी लिमिटेडले थप १८ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । गोरखाको अजिरकोट गाउँपालिका स्थित चनौटेमा ६ मेगावाट विद्युत उत्पादन गरिसकेको कालिका पावर कम्पनीले अजिरकोट र बारपार्क, सुलिकोट गाउँपालिका बिच भएर बग्ने दरौदी खोलाबाट थप १८ मेगावाट विद्युत उत्पादन गर्न लागेको हो ।

‘गोरखाको दरौदी खोलामा ९ दशमलव ८ र ८ दशमलव २ मेगावाटका दुई वटा प्रोजेक्ट सञ्चालन गर्दै छौँ,’ कालिका पावर कम्पनीका पुर्व सञ्चालक पदम गुरुङले भने, ‘यो परियोजना तीन बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ उनका अनुसार, यो परियोजना सम्पन्न गर्न ३ देखि साढे ३ अर्ब रुपैयाँ लाग्ने छ । हाइड्रोपावर निर्माणका लागि कम्पनीले शेयर आह्वान गर्ने उनले बताए ।

‘संस्थापक शेयर ७० प्रतिशत र राईट शेयर ३० प्रतिशत रहने गरि एक बर्ष भित्र शेयर खुलाउने तयारीमा छौँ,’ गुरुङले भने, ‘त्यसमा उद्योग प्रभावित क्षेत्रलाई १० प्रतिशत र सर्वसाधरण र कर्मचारीलाई २० प्रतिशत रहने गरि शेयरको आह्वान गरिन्छ ।’

२०६४ सालमा स्थापना भएको यस कम्पनीले गोरखामा ६ मेगावाटको विद्युत उत्पादन गरिरहेको छ । सो पावर निर्माण गर्न १ अर्व ३८ करोड रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । पाँच बर्षदेखि विद्युत बिक्रि गर्दै आएको छ । २०७३सालमा केन्द्रीय प्रसारण लाईनमा जोडिएको कालिका पावर कम्पनीले यस बर्षदेखि शेयर सदस्यलाई १५ प्रतिशत बोनस शेयर समेत दिन थालेको कम्पनीका सञ्चालक समितिका अध्यक्ष विक्रम पाण्डेले जानकारी दिए । कम्पनीको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६० करोडको १५ प्रतिशत हुन आउने रकम ९ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरणका लागि सञ्चालक समितिले स्वीकृत गरेको उनले बताए ।

कालिका पावरमा संस्थापक शेयर ४२ लाख, उद्योग प्रभावित क्षेत्र ६ लाख र सर्वसाधरण र कर्मचारी शेयर १२ लाख कित्ता रहेको छ । यस कम्पनीको आम्दानी समेत बृद्धि भएको छ । २०७६÷७७मा ८ दशमलव ५२ प्रतिशेयर आम्दानी गरेको कालिका पावरले २०७७-०७८मा आउँदा १३ दशमलव ४३ प्रतिशत आम्दानी रहेको कम्पनीका सचिव किशोर कुमार डंगोलले जानकारी दिए । कम्पनीको शेयर पुँजी ६० करोड रुपैयाँ रहेकोमा यस बर्षको बोनस शेयर पश्चात कम्पनीको कुल शेयर ६९ करोड रुपैयाँ रहने डंगोलले बताए । कम्पनीमा ८ जना संस्थापक शेयर सदस्य रहेका छन् । उनीहरुको कुल पुँजी ४२ लाख कित्ता रहेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत १० लाखको लगानीमा झ्याल्फाँटमा समुदायको लागि मरणघाट बनाउने प्रकृया समेत अघि सारेको छ । त्यस्तै आयोजना स्थलको सामाजिक संस्थालाई एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने लगायतका कार्यक्रम कम्पनीले राखेको छ ।

यसैबिच कालिका पावर कम्पनीले नयाँ सञ्चालक समिति गठन गरेको छ । आज (शुक्रवार) भरतपुरमा भएको १४औँ बार्षिक साधरण सभाले विक्रम पाण्डेको अध्यक्षमा चार सदस्य सञ्चालक समिति गठन गरेको हो । सञ्चालक सदस्यमा पार्वती पाण्डे, युव बहादुर क्षेत्री, र ठाकुर प्रसाद ढकाल रहनुभएको छ । सात सदस्य सञ्चालक समिति रहने कम्पनीमा बाँकी तीन सदस्य अर्को बर्ष चयन गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *