
काठमाडौँ, पुस ३०-
संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्क नजिकै एउटा बट्टामा टेपले टालेको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ ।
इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार सो वस्तु बिहीबार अपरान्ह ४ बजे फेला परेको हो ।
त्यस्तै उक्त क्षेत्रमा सुरक्षाको लागि प्रहरीको टोली खटिए र शंकास्पद वस्तुको चेक गर्न जिल्लाको खाँदबारीबाट सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरी निरीक्षक खतिवडाले बताए।
सो क्षेत्रमा प्रदेश नम्बर १ सरकारको पर्यटन मन्त्रालयले पार्क बनाउने योजना बनाएका छन् ।