जोडिनुहोस

Banner

पूजा ढकाल

चितवन, पुस २९-

प्रत्येक दुई वर्षको अन्तरालमा लाग्ने चितवन महोत्सव यस वर्ष कोरोनाको त्रासले चार दिन चलेर बन्द भयो ।

उद्घाटन भएकै भोलिपल्ट पुस २६ गते जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार कोभिड संक्रमणका कारण महोत्सव चार दिन अगावै समापन भयो । महोत्सव पुस २५ गतेदेखि माघ ४ गते सम्म १० दिन सञ्चालन गर्ने बताइएको थियो । यसपटक महोत्सव तोकिएको समयमा नचल्दा निकै तयारी र मेहनतका साथ बनाइएका कतिपय कलात्मक मुर्तिहरुले पर्याप्त दर्शक पाउन सकेनन् । आज उद्योग वाणिज्य संघले महोत्सवको लागि तयार गरिएका सबै संरचनाहरु भत्काएर नारायणी नदी किनार खाली गरिसकेको छ । यसपटक निकै मेहनत गरेर बनाइएको मुख्य आकर्षक मौरीको डमीलाई कोरोनाको त्रासले गर्दा सबै दर्शकले हेर्न पाएनन् । चितवनमा मौरीपालनलाई प्रवद्र्धन गर्नको लागि यस पटकको महोत्सवमा मौरीको डमी (मुर्ति) बनाइएको थियो । त्यस्तै चितवन महोत्सवमा विभिन्न कलात्मक मुर्ति, चित्र, विभिन्न जात धर्मको संस्कृति झल्किने घर तथा सुन्दर बगैचाहरु निर्माण गरिए पनि कोरोनाको त्रासले नै कतिपयले रहर भएर पनि हेर्न जाने आँटसम्म गरेनन् । लाखौं खर्च गरेर सुन्दर ढंगले सजाइएको महोत्सव अचानक बन्द हुँदा कयौं कलाकारहरुको सिर्जना बेकारमा नै खेर गयो ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले पनि निकै मेहनत र लाखौं खर्च गरेर बनाइएका कलात्मक सिर्जनाहरु अचानक भत्काउनु पर्दा निकै दुःख लागेको बताए । उनले मौरीको डमी बनाउन मात्र दुई लाख खर्च भएको जानकारी दिए । उनले भने, ‘ महोत्सवमा निकै आकर्षकरुपमा बनाइएको मौरीको डमीलाई उद्योग वाणिज्य संघपरिसरको बगैँचामा राख्छौं । हेर्ने अवसर नपाउनेहरुले पछिसम्म हेर्न पाउँन् भन्ने हाम्रो अभिप्राय हो ।’ उनले पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा लगभग ६० हजारजति दर्शकले मात्र चारदिनमा महोत्सव अवलोकन गरेको बताए । यस्तो अवस्था आउनुमा हाम्रो नियन्त्रणको विषय नभएकोले आजै सबै महोत्सवका संरचना भत्काइएको जानकारी दिए ।

महोत्सवमा निकै धेरै चर्चा बटुलेको मौरीको डमी बनाउने मुर्तिकार सूर्य मध्यरात हुन् । उनका अनुसार उक्त मौरीको मुर्ति निर्माण गर्न पाँच जनाको समूहलाई बिहानदेखि रातका ११ बजेसम्म गरेर एक महिना लागेको थियो । त्यस्तै, पहिले प्रत्यक्ष अवलोकन गरेर मूर्ति निर्माण प्रकिया अगाडि बढाइएको हो, जसलाई बनाउन पहिले माटेमा आकार बनाउँदै त्यसलाई ढलाइ गर्दै रेजिन र फाइबर मिसाएर मौरीको मुर्ति बनाइएको हो ।

मुर्तिकार मध्यरात भन्छन् ‘मौरी निमार्णको क्रममा सबैभन्दा बढी कठिन पाटो भनेको पखेटा, नङ्ग्रा, जिब्रो र मुर्तिमा रौं बनाउन थियो । जसमा पखेटा निर्माणका लागि मात्रै भनेर एक हप्ताको समय छुट्याएको र उक्त पखेटा बनाउन कडा पारदर्शीे रेजिन र फाइबर प्रयोग गरिएको छ ।’ त्यस्तै उनले नङग्रा तथा जिब्राको एनेटमी खोज्नको लागि पहिले अध्ययन गरेको र एनेटमी जिउँदो मौरीेमा पनि भेट्न कठिन भएको माइक्रोस्कोपको प्रयोग गरेर त्यसको आकार बनाइएको बताए । त्यसबाहेक मुर्तिमा रौं हाल्ने प्रक्रिया नभएकोले मौरीको मुर्तिमा रौं हाल्ने÷जोड्ने झनै कठिन थियो । उक्त रौं नहाल्दा न्याय नदिने भएकोले मुर्तिमा रौं हाल्नु एकदमै महत्व छ जुन रौं मौरीलै फूलमा डुल्दा पराक्रणको लागि प्रयोग गर्ने गर्छ । उक्त रौं फाइबरको मसिने झुस काटेर रेजिनमा जमाएर बनाइएको छ ।

मौरीको मूर्तिमा बनाइएको एन्टिना मौरीले धेरै टाँडा मह जम्मा गर्न जाँदा बाटो पत्ता लगाउन, सूचना आदानप्रदान गर्न प्रयोग गर्छ तर पछिल्लो समय विद्युतीय माध्यमको बढी प्रयोगले मौरीलाई एक ठाउँबाट अर्को ठाँउमा पुगन कठिन भएको मध्यरातले सुनाए । मुर्तिकार मध्यरातका अनुसार उक्त मुर्ति व्यवसायिक अर्थले नभएर आफ्नै खुसीले आम जनसमुदायमा मौरीको महत्व दर्शाउन र मौरी पर्यावरणको कीरा नभएर हिरा भएको बुझाउनु हो ।

उनी भन्छन् ‘इजिप्टमा दुई हजार वर्ष पहिले शवसँगै मह गाड्ने चलन थियोे र त्यो मह अहिले भेटेर परीक्षण गर्दा पनि खान योग्य छ ।’ त्यस्तै मौरीले पर्यावरणमा ९० प्रतिशत भूमिका खेल्ने, सामाजिक दायित्व सिकाउने, समूहमा मिलेर बस्न पेरणा दिने, महले जीवनमा विषेश भूमिका खेल्ने भएको र यस्तो प्राणी लोप हुने अवस्थामा पुगेकाले मुर्ति निमार्ण गरिएको मूर्तिकार मध्यरातले बताए । उनले अल्बर्ट आइन्सटाइनका अनुसार यदि पृथ्वीबाट मौरी लोप भए ४०४ वर्ष पछाडि पुरै संसार संकटमा जाने बताएकोले विद्युतीय माध्यम, विषादी कम गर्दै विश्व तापमान कम गराएर मौरीको संरक्षण गर्नु पर्छ भन्न यो मुर्ति निर्माण गरिएको दाबी गरे । उनको मेहनतलाई धेरै दर्शकले हेर्ने अवसर नपाएकोमा उनी पनि निकै दुःखी बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *