जोडिनुहोस

Banner

काठमाडौँ, पुस २९-

महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको जानकारी दिए। ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेले बताए । ‘धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको छ । आजै पनि हामीले खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेका छौं ।’

उनले अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्न थालिएको बताए । त्यसरी होल्ड गरिएका बिरामीको पीसीआर नेगेटिभ आएको अवस्थामा मात्र ननकोभिड वार्डमा पठाइने, अन्यथा संक्रमण पुष्टि भए कोभिड वार्डमा राखेर उपचार गर्ने गरिएको निर्देशक काफ्ले बताउँछन्।

स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *