Breaking News

एनआरएनएमा सुधारका एजेन्डा

Banner

डिला खरेल–

सम्पूर्ण एनआरएन अभियान एक प्रसव र पीडादायी वेदनामा छ ! हो यो भन्दा मेरो मन भारी भएको छ तर विवश छु आज सम्पूर्ण एनआरएनए अभियान एक प्रसव र पीडादायी वेदनामा छ। अब अबेर नगरी हामी सवै मिलेर यसको निकासका लागी नि:स्वार्थ जुटनुको विकल्प छैन। यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको प्रमुख कारण भनेको संस्थाको निर्वाचन प्रक्रिया, नेतृत्व छनौट विधि र तरिका हो – यो आवश्यकता भन्दा बढी (तपाई हामीहरु नै जो जो संलग्न छौ) नेपालस्थित राजनीतिक दल र अझ चरम स्वार्थ र व्यक्तिगत मनोमानी र टकरावका पछाडी लाग्यौं, यो गलत भयो र यो दु:खद परिणाम आयो। अन्य कुराहरुमा कहीं कतै समस्या छैन एनआरएनएले उत्कृष्ट कामहरु गरेको छ, गर्ने नै छौं । निकास के त?

एनआरएनए नेतृत्वले समयमै डेलिगेट्स विवादलाई सम्वोधन गर्ने प्रयास गरेको भए समस्या बल्झेर परराष्ट्र वा उच्च अदालतसम्म जाने स्थिति आउने नै थिएन। त्यसैले सर्वप्रथम विधिसम्मत ढङ्गले डेलिगेट्स विवादलाई समाधान गरिनु पर्छ। त्यसका लागि नवनिर्वाचित एनसीसीहरुलाई एनआरएनएको विधान अनुसार विना भेदभाव डेलिगेट्स छनोट गर्न दिनु पर्छ। आफ्नो प्रतिनिधि छनोट गर्ने अधिकार एनसीसीको हो, यसमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन। अब सबैले संस्थालाई प्रधान ठानेर, विधि विधानलाई मानेर मात्र निर्वाचन प्रक्रिया र नेतृत्व चयनलाई विश्वव्यापी र अंतर्राष्ट्रिय मान्यता अनुसार हुनेगरी कायम गरौं र मन, वचन र कर्मले पालना गरौं। जस्तो कि यो अब एनआरएनएको निर्वाचन विधि र पद्धति अन्तर्रास्ट्रिय परोपकारी र सामाजिक संस्था रोटरी क्लब र लायन्स क्लबको जस्तो हुने गरी अभ्यास गरौं।

गैर आवासीय नेपाली संघका संसारभर रहेका एनसीसीहरू ‘भिजन २०२० एण्ड वियोंड’ र यसको थप विकास र परिमार्जन सहित अगाडी बढनु पर्दछ । उक्त भिजनले संसारभर छरिएर रहेका नेपालीहरूको एक साझा संस्था ( United Nations of Nepali Diaspora) को परिकल्पना गरेको छ। अब सम्पूर्ण रूपमा संस्थाको सुधार विकास र परिमार्जनका लागी फेरि एक पटक नि: स्वार्थ जुरुक्क उठौं। एनआरएनए विश्व संजालले अपनाएका मूल्य, मान्यता उद्देश्य, मिशन, भिजन र एजेण्डाहरु भित्र नै हामी सबै सबै एनआरएनहरुको जीवन छ, भावना छ, नेपाल बाहिरको सानो नेपाल छ भन्ने मेरो बुझाई छ, यी र यस्तै भावनाहरुको जीवन्त कार्यान्वयन गराउनका लागि हामी सवै जुटनुको विकल्प छैन।

एनआरएनएले तत्काल अझ व्यवस्थित गर्नु पर्ने कामहरु :

१. विश्वसनीय, पारदर्शी र स्वतन्त्र सचिवालयको निर्माण (Trusted, Transparent & Independent – NRNA Secretariat)

२. भिजन 2020 and Beyond को विकास, पालना र कार्यान्वयन ( Vision 2020 and Beyond – Development, Action & Implementation )

३. एनआरएनलाई साझा, सबैको, सरल, सहभागितामूलक र समावेशी वनाउन – विधानलाई सरल र स्पष्ट पार्ने (Constitution Amendment and Easy for all)

४. उदाहरणीय संस्थागत वैदेशिक लगानी भित्र्याउने ( Foreign Direct Investment – Exemplary Initiation and implementation )

५. ज्ञान, सीप र बौद्धिक सम्पत्तिको लगानी र सहकार्य (Skill, Knowledge, Innovation & Intellectual Asset Relate, Transfer and Investment for the Development of Nepal)

६. गैर आवासीय नेपालीका युवा, दोश्रो तथा नयां पुस्तालाई जोडने सेतु बनी काम गर्ने – ‘एक पटकको नेपाली सधैको नेपाली’ ( NRNA – A Real Pool & Bridge for youth, second and new generation of Nepalese abroad)

७. नेपाल सरकार संगको सहकार्यमा श्रमिक एनआरएन बीमा कोषको स्थापना र कार्यान्वयन ( NRNA Insurance Fund for NRN’s around Gulf & Middle East Countries – in Conjunction with the Government of Nepal)

८. भूतपूर्व गोर्खा सैनिकहरुको समान सेवा सुविधा र पीडाकाबारे सशक्त आवाज (Lobbying for equal pension and benefits for Nepali Gurkhas)

अन्त्यमा, सबैमा सादर अनुरोध : एनआरएनए अभियान र यस संस्थाको अब सम्पूर्ण रूपमा सुधार विकास र परिमार्जनका लागि फेरी एक पटक हामी सबै सबै सरोकारवाला छातीमा हात राखी नि: स्वार्थ रूपमा जुरुक्क उठौं । जय एनआरएनए .. जय नेपाल !

(लेखक: एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्व प्रवक्ता हुन्।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>