जोडिनुहोस

Banner

चितवन, पुस १०-

लभ र सस्पेन्स स्टोरीमा तयार भएको सर्ट मुभी ’किन’ को टाइटल गीत सार्वजनिक भएको छ ।

गणेश उप्रेदी ,केदार उप्रेदी ,सन्तोष राम्दम ,सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र रिलिज हुने तयारीमा छ ।

उक्त चलचित्रको सर्वजनिक गीतमा स्वूप्न सुमको स्वर, उत्पल कँडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिस्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेदीको सह–निर्दशन विष्णु मिश्रको मेकअप अशोक भुजेलको छायांकन देख्न सकिन्छ ।

चलचित्रलाई राम्रो बनाउन सम्पूर्ण टिमले मेहनत गरेको र उक्त कुरालाइ दर्शकले रुचाउने निर्देशक बिस्वको भनाइ छ । उनले यसअघि समेत ‘तिमि र म’ ,’२०२०’ लगायतका छोटो चलचित्र रिलिज गरिसकेका छन् । तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतलाई सामाजिक सञ्जालमा शेयर गर्ने मध्ये एक जना भाग्यशालीलाई आइपÞmोन १३ प्रदान गर्ने चलचित्र निर्माण पक्षले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.