जोडिनुहोस

Banner

चितवन, मंसिर २८–

नेपालको अग्रणी नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा टाच्यम १ जिबिपिएस इन्टरनेट सेवा शुभारम्भ गर्ने भएको छ । नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा टाच्यम १ जिबिपिएस इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको क्लासिक टेकले जनाएको छ ।

वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने छन् ।

सो प्रविधी अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । वाइफाइ ६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड 3Gbps सम्म रहनेछ । पहिलो चरणमा क्लासिकटेकले 1Gbps सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको कम्पनीले जनाएको छ । यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन् ।

वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै प्रयोगकर्ता, धेरै इनपुट, धेरै आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ । जसका कारण कुनै Signal लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका Dual Band का राउटरहरू विश्चापित गराइ नेपालभर Tri-Band  राउटरहरू प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ । यो प्रविधी पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ ।

१२ वर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ । दुर्गम क्षेत्रदेखि साना–साना गाउँ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न हामी तत्पर रहेका छौ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.