जोडिनुहोस

Banner

चितवन, मंसिर २१–

चितवनमा सुकुम्बासीहरु आन्दोलित बनेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा आज (मंगलबार) चितवनको रत्ननगरमा सुकुम्बासीहरु र्‍याली निकालेका छन् । उनीहरुले ‘नो लालपूर्जा, नो भोट’ भन्दै प्रदर्शन गरेका हुन् ।

आगामि निर्वाचन अगावै लालपूर्जा वितरणको काम थाल्न दवाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । सयौंको संख्यामा सहभागि सुकुम्बासीहरुको र्‍याली निपनी चोकबाट सुरु भएर टाँडी चोक परिक्रमा गर्दै रत्ननगर नगरपालिकाको मुख्य गेटअगाडि प्रदर्शन गरेका थिए ।

उनीहरुले प्ले कार्डमा उधारो भोट माग्ने प्रथा बन्द गर, अबको काम लालपूर्जामा सुकुम्बासीको नाम, जस्को जोत उस्को पोत कायम गर लगायत नारा लेखेर प्रदर्शनमा उत्रिएका थिए । चितवनमा भोलि पनि सुकुम्बासीले प्रदर्शन गर्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?