जोडिनुहोस

Banner

काठमाडौँ, मंसिर २१-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायपालिका ध्वस्त भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा बोल्दै अध्यक्ष ओलीले न्यायपालिका अहिले स्वच्छ र निष्पक्ष नरहेको बताएका हुन् ।

उनले भने, ‘न्यायालय स्वच्छ र निष्पक्ष रहनुपर्छ । तर अहिले न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्या े। न्यायपालिका मर्यादामा अड्न सकेन । अहिले न्याय ध्वस्त भएको छ ।’

आफूले अहिले नै न्यायालय सच्याउन सक्ने अवस्था नदेखेको उनले बताए । न्यायालय सँगसँगै दलहरु, न्यायाधीश र अधिवक्ताहरु पनि सच्चिनुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले नै न्यायालय सच्याउन सक्ने अवस्था मैले देखेको छैन। तपाईं हामी नै पनि कति तयार छौँ भन्ने छ। राजनीतिक पार्टी पनि सच्चिनु आवश्यक छ। न्यायाधीश पनि सच्चिनु पर्नेछ। र अधिवक्ताहरु पनि सच्चिनु पर्नेछ।’

चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशबाट हटाउँदैमा न्यायालय नसच्चिने उनको भनाइ छ । उनले भने, ‘चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन। त्यो सुरुवात होइन । त्यो अन्त्य हुन्छ ।’

छलफलका क्रममा अध्यक्ष ओलीले बारका प्रतिनिधिहरुप्रति पनि कटाक्ष गरेका थिए । अधिवक्ताहरुको शैलीप्रति उनले असन्तुष्टि जनाएका थिए ।

ओलीले भने,’तपाईंहरु सबै वरिष्ठ अधिवक्ता हुनुहुन्छ । विद्धान हुनुहुन्छ । तपाईंहरुको शैली पनि विद्वानको जस्तै हुनुपर्छ । कहिलेकाहीँ अलि फरक परिदृश्य पनि देखिएको छ ।’

अदालतको स्वच्छताबारे बारले उठाएका कुरामा आफू आंशिक रुपमा सहमत भए पनि बारले उठाएका मुद्दा पूर्ण नभएको उनले टिप्पणी गरेका थिए । अहिलेको अवस्थामा जसले पैसा खर्च गरेर किन्न सक्छ उसले मात्रै न्याय पाउने अवस्था देखिएको ओलीले बताए ।

कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगबाट हटाउन ओलीको सहयोग मागेका छन् । कानुन व्यवसायीले न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक परेको बताएका थिए । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, न्याय प्रशासनको नेतृत्व गर्न नसकेको र स्वच्छ न्याय पनि दिन नसकेकाले उनको बहिर्गमन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *