जोडिनुहोस

Banner

मधुसूदन दवाडी

चितवन, मंसिर २०

चितवनमा ८४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार चितवनको जम्मा जनसंख्याको ८४ प्रतिशत बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालयको मंसिर ८ गतेको तथ्यांक अनुसार चितवनमा पहिलो डोज लगाउने तीन लाख १४ हजार ५५० जना र पूर्ण दुवै डोज खोप लगाउने दुई लाख ६० हजार ४८ जना रहेका छन् । अहिले चितवनमा कोरोना परीक्षण घट्दै गएको छ भने कोरोना संक्रमण दर पनि ज्यादै कम छ ।

स्वास्थ्य कार्यालयले कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट बच्नको लागि सरोकारवाला निकायसँग छलफल र अन्तरक्रिया गरिरहेको छ । जनस्वास्थ्य अधिकृत ढकालका अनुसार अघिल्लो दुई लहरमा जस्तै आइसोलेसन सेन्टरदेखि थप बेडहरुलाई तयार राख्ने निर्णय भएको बताइन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन तथा कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले चितवनमा ओमिक्रोन भेरियन्टबारे डराइहाल्नु पर्ने अवस्था नरहे पनि स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने बताए । उनले भने, ‘ भरतपुर अस्पतालमा स्वास्थ्य संरचना सबै तयार छ । कोरोनाको लागि भनेर छुट्याइएका बेड र आईसीयू अहिले अन्य बिरामीहरुालाई प्रयोग गरिएको छ । यदि नयाँ भेरियन्टको संक्रमण बढेमा पहिले जस्तै कोरोनाको लागि १५० देखि २०० बेड छुट्याछौं । ’ डा पौडेलले माक्स लगाउने, सामाजिक दूरीको प्रयोग र भीडभाड नगरी स्वास्थ्य सावधानी अपनाउने विषयमा सबैले ध्यान दिन चितवनबासीलाई अनुरोध गरे । उनले चितवनको स्वाबको स्याम्पलहरु बेलाबेलामा नयाँ भेरियन्ट परीक्षणको लागि पठाइने गरे पनि अहिलेसम्म फेला नपरेको बताए । उनले दुईवटा लहरको सामना गरिसकेकोले पनि नयाँ भेरियन्ट आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरे । उनले भने, ‘ हामी साधनस्रोतले पनि नयाँ भेरियन्टसँग जुध्न सक्षम छौं ।’

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण आज पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *