जोडिनुहोस

Banner

बुटवल,मंसिर २०-

प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ बर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका प्रहरीले जनाएको छ । चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनिहरुको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *